एनसेल सप इन सप भैरहवामा

काठमाडौं– एनसेलले ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा बिहीबारबाट सञ्चालनमा ल्याएको हो ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए । सप इन सपबाट ग्राहकले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्छन् ।
ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुन: प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्युअल जस्ता प्याकहरू, सेवा, सुविधा लिने, इसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन् । रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकलाई विभिन्न उपहार पनि वितरण गरेका थिए । हप्ताको ६ दिन यस सप इन सपले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।