Logo

नेप्से परिसूचक घटेको दिन कारोबार रकम बढ्यो

काठमाडौं- नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक घटेको दिन कारोबार रकम भने बढेको छ । बिहीबार नेप्से परिसूचक १२.०४ अंकले घटेर २ हजार ६ सय ६१.६४ विन्दुमा कायम भएको हो ।

बुधबार १० अर्ब ५१ करोडको कारोबार भएकोमा बिहीबार ३ सय १५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ६५ रुपैयाँमा किनबेच भएको छ ।

बिहीबार फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशत र अन्य समूहको शेयर १.८१ प्रतिशतले ओरालो लागेको छ । सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन बिहीबार नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्