माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

काठमाडौं- काठमाडौंमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । काठमाडौंका माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले बिहीबार विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् ।
सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुन: आन्दोलनमा छन् ।