Logo

रिलायबल नेपाल लाइफले १२ प्रतिशत लाभांश दिने

काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६४ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १२.६४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । कम्पनीले गत वर्ष भने १६.८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्