Logo

छ सय बढ्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य एक लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला सुनको मूल्य एक लाख ९१ हजार ६ सय र चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा बिहीबार एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्