Logo

अग्नी फाउन्डेसनको सहयोगमा शिक्षण अस्पतालमा नयाँ कक्ष

नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको गैर मुनाफाकारी संगठन अग्नि फाउन्डेसनले विभिन्न सामाजिक कल्याणकारी गतिविधिहरूद्वारा समाजलाई योगदान पु¥याउँदै आएको छ । अग्नि फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, प्राकृतिक प्रकोपको उद्धार व्यवस्थापनलयातका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ र यस्ता कार्यहरूमा सरकारी संस्थाहरूसँग पनि सहकार्य गर्दै आइरहेको छ ।
हालैमात्र अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण÷सुधारका लागि पूर्ण आर्थिक तथा अन्य सहयोग प्रदान गरेको छ ।
त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण÷सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उद्घाटन गरे ।
त्रिवि शिक्षण अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्रा.डा. लक्ष्मण श्रेष्ठले भने, “नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) बिमारी तथा समय नपुगी जन्मिएका शिशुहरूको उपचारका लागि स्थापित विशेष इकाई हो भने बाल सघन उपचार कक्ष (पीआईसीयू) गम्भीर रुपमा बिमारी भइ अस्पतालमा भर्ना भएका शिशु, बालबालिका र किशोरकिशोरीको विशेष हेरचाहका लागि स्थापित क्षेत्र हो । शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउनेछ तथा आमाबुवा (विशेष गरी आमाहरू)लाई अझ बढी सहयोग गर्नेछ । हामीसँग योग्य कर्मचारी तथा उपकरणहरू छन्, जसले बच्चा र अभिभावक दुवैलाई सहयोग गर्छन् र उनिहरुको एनआईसियु र पीआईसीयूको बसाइ अवधिमा आवश्यक पर्ने बच्चाहरूको गहन निगरानी, औषधोपचार तथा नर्सिङ हेरचाहका लागि सुनिश्चितता प्रदान गर्छ ।”
शिक्षण अस्पतालको बाल तथा नवजात शिशु सघन उपचार कक्षहरूको पुनर्निर्माण÷सुधार गर्ने क्रममा अग्नि फाउन्डेसनले “अग्नि विंग” को नाममा अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावक र आगन्तुकहरुका लागी प्रतिक्षा कक्ष निर्माण गरेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाका आमाबुवाहरूको पारिवारिक हेरचाहका लागि, विशेष गरी आमाहरूलाई अनुमति दिने गरी र हेरचाहकर्ताहरू जो बालबालिकासँगै रात बिताउनु पर्छ, उनीहरूका लागि ‘स्तनपान कक्ष’ र ‘आराम कक्ष’ बनाउनमा पनि केन्द्रीत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्