Logo

युनिलिभर र नेपाल–भारत उद्योग वाणिज्य संघबीच छलफल

काठमाडौं– बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीसहितको प्रतिनिधि मण्डल र नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसीबीच विद्यमान औद्योगिक एवं समग्र आर्थिक विषयमा छलफल भएको छ ।

त्यस क्रममा नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले उद्योग सञ्चालन गर्दा भोग्नुपरेका समस्या समाधान लगायतका विषयमा छलफल भएको बताइएको छ । नेपालमा सञ्चापलत बहुराष्ट्रिय कम्पनीहरुको लगानी वापतको लाभांश फिर्तामा समस्या भएको छलफलमा हसभागीहरुले बताएका छन् । यसैगरी कच्चा पदार्थ आयातमा तयारी वस्तुको भन्दा बढी भन्सार महशुल हुनुपर्ने कम्पनीका प्रतिनिधिको माग छ ।

प्रतिक्रिया दिनुहोस्