Logo

कार्यविधि बनाउन सुरु

धनकुटामा रहेको औद्योगिक ग्राम सञ्चालनका लागि संरचना तयार भएको नौ महिनापछि बल्ल कार्यविधि बनाउन सुरु गरिएको छ । । कोसी पहाडी जिल्लाको प्रवेशद्वार धनकुटामा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले घोषणा गरेको करिव ३५ वर्ष पछि धनकुटामा औद्योगिक ग्रामका भौतिक संरचना निर्माण भए । तर कार्यविधि तयार नहुँदा भौतिक संरचना निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन ।
धनकुटा–६ आत्मारामा करिव ६५ रोपनी क्षेत्रफलको जग्गामा ५ करोड रुपैयाँ खर्चेर विभिन्न भौतिक संरचना निर्माण गरिसकेको छ । कार्यविधि अभावकै कारण ग्राम सञ्चालनमा आउन सकेको थिएन ।
प्रदेश–१ का न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले पहाडी क्षेत्रको एकमात्र औद्योगिक ग्राम सञ्चालनमा आउन सके मुलुक कै नमूना औद्योगिक ग्राम बन्ने बताए ।
प्रदेशसभा सदस्य निरन राईले औद्योगिक ग्राम यस क्षेत्रको गहना भएको चर्चा गर्दै यहाँ औद्योगिक ग्राम सञ्चालन भएमा यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्