नेपाल एसबिआई बैंकद्वारा चेपाङ समुदायलाई खाध्य सामाग्री वितरण

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई खाध्य सामाग्री वितरण गरेको छ ।
बैंकका बागमती प्रदेश प्रमुख, सुशिल राज श्रेष्ठले समुदायका ६३ परिवारलाई एक कार्यक्रमकाबीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
बैंकले विपन्न तथा पिछडिएका वर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।