Logo

वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । २०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए । त्यसपछि शिक्षा मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्