Logo

हिकभिजन र इजिभिजका उत्पादन पोखराबाट बिक्री

पोखरा– पोखरा न्युरोडमा रहेको हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) ले विश्व प्रसिद्ध हिकभिजन र इजिभिजका उत्पादन विभिन्न सामानहरु बिक्री वितरण गर्न सुरु गरेको छ । नेपालको आधिकारीक बिक्रेता म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रा.लि.ले पोखराको आधिकारीक बिक्रेताको रुपमा हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) लाई सम्झौता गर्दै सो कम्पनीका सामान बिक्री वितरण गर्न अनुमति दिएको हो ।

म्याक्सिमाका प्रबन्ध निर्देशक प्रमोद अधिकारी, निर्देशक कमल तामाङ र हिमालयनका अध्यक्ष जगन गुरुङबीच सम्झौता भएको हो । हिकभिजन सिसी टिभी क्यामरा उत्पादन गर्नेदेखि डिजिटल हाजिर मेसिन, नेटवर्किङ स्वीच, स्मार्ट बोर्ड, अलाराम सिस्टम र राउटर पनि उत्पादन गर्ने गरेको छ । समय सापेक्ष विश्वकै चर्चित ब्राण्डेड कम्पनीसँग सहकार्य गर्दै उत्पादित बस्तुको बिक्री वितरण गर्न पाएकोमा हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) का अध्यक्ष जगनबहादुर गुरुङले खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्