Logo

नेपाल लाइफले मनायो २४औं वार्षिकोत्सव

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले देशका १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा नि:शुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रम सन्ञ्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जान ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्