Logo

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं- मधेश प्रदेश सरकारले सीता जयन्ती र कबिर दास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जानकी नवमी अर्थात् सीता जयन्तीका दिन (वैशाख २३ गते) मंगलबार र कबिर दास जयन्तीका दिन (आगामी जेठ २८ गते) सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मधेश प्रदेश सरकारले यसअघि गत चैत २२ गते राजपत्र प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक बिदा सूचीमा दुई दिन थप गरेको जनाएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनामा मधेश प्रदेशमा थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्