फुडमाण्डुको सेवा मध्यरातसम्म

काठमाडौं– फुड डेलिभरी कम्पनी फुडमाण्डुले ‘मध्यरात्री फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ । ‘मध्यरात्री फुड डेलिभरी सेवा’ मार्फत ग्राहकले राती १२ बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन् ।
‘ग्राहकको जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरु पनि थप गर्दै गएका छौं’ फुडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘ग्राहकको आवश्यकता बुझेर मध्यरात्री फुड डेलिभरी सेवा थप गरेका हौं ।’
सुरुवाती चरणमा, यो सेवा काठमाडौं उपत्यकाको रिङरोड र वरिपरिका क्षेत्रमा उपलब्ध छ । यसले ग्राहकको माग पूरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनमा काठमाडौंका अन्य ठाउँमा पनि यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।