Logo

सानिमा रिलायन्सको बाल जीवन बीमा योजना

काठमाडौं– बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘मेरो मुटु बालजीवन बीमा’ योजना सञ्चालन गरेको छ । यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ । यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिन्छ ।

यो बीमालेखले बचत र सुरक्षा दुवै संयोजन गरेको छ । बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस्