Logo

एनएमबि बैंकले गर्‍यो १२औँ हेरिटेज वाक

काठमाडौं– एनएमबि बैंकले भक्तपुरको गट्ठाघर शाखाबाट १२औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । सो शाखाबाट सुरु भएको हेरिटेज वाक शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन भएको थियो ।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्थित थिए । बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख रुपैयाँ सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टबिनहरु समेत हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्