दोश्रो रिस्ती उपत्यका महोत्सव सुरु «

दोश्रो रिस्ती उपत्यका महोत्सव सुरु

लमजुङको मध्यनेपाल नगरपालिकामा दोश्रो रिस्ती उपत्यका महोत्सव सुरु भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै रिस्ती उपत्यकाको कला सँस्कृति, पर्यटन, व्यपार लगायतको प्रवद्र्धनका लागि महोत्सव आयोजना भएको हो ।
एक समारोहका विच मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले महोत्सव उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमूख पाण्डेले महोत्सव केवल रमाईलोको लागि मात्र नभई कला सँस्कृति, पर्यटन प्रवद्र्धन र व्यपार प्रवद्र्धनको निम्ती फलदायि हुनुपर्नेमा जोड दिए ।
महोत्सवले रिस्ती उपत्यका भित्रका श्रोत र सम्भाव्यताको पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै यस्ता सम्भाव्यताको दिर्घकालिन विकासका निम्ती नगरपालिकाले सहयोग गर्ने बताए ।
स्थानिय पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संबद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनहरुको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरेको महोत्सव मुल आयोजक समिति संयोजक सिता शाहिले बताईन् ।
महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीहरुका साथै स्थानीय हस्तकलाका सामग्रीहरुको प्रदर्शन, नव प्रतिभा प्रोत्साहन, पर्यटन प्याकेज, विबिध विधामा प्रतियोगिता आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ ।
महोत्सव २६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवले रिस्ती उपत्यका मात्रै नभई सिँगो मध्यनेपाल र जिल्लाकै पर्यटन प्रवर्दनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवमा ख्यातीप्राप्त लोक तथा दोहोरी गायक–गायिकाको साँगीतिक प्रस्तुति, चर्चित हाँस्य कलाकारहरुको हाँस्य–व्याग्त्मक प्रहसन, लोकदोहोरी गीत तथा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय विविध प्रतियोगिताहरु हुनेछ ।
यस्तै स्थानीय कृषि उत्पादनको प्रर्दशनीका साथै सुपथ मुल्यमा बिक्री वितरण, विभिन्न जातजातीको परम्परागत् झाँकी तथा विभिन्न जातजातिको भजन, बालुन, कृष्ण चरित्र, चुड्का, सोरठी, घाँटुनाँच, लाखेनाँच, ट्याकटुके नाँच लगायतको साँस्कृतिक प्रर्दशनी मुख्य आकर्षण रहेको आयोजकले जनाएको छ ।
महोत्सवकै सन्दर्भमा ऐतिहासिक एवं दर्शनीयस्थलहरु तान्द्राङकोट गढी, सप्तधारा, तामाखानी, जाल्पादेवी मन्दिर, देवीस्थान, शिव पाञ्चायन मन्दिर, गोर्खालीस्थान ठाना सुर्यपाल, समिभञ्ज्याङ, रम्घास्थित नेपालकै मध्यविन्दु र माहिन्द्री गंगाक्षेत्रको अवलोकन भ्रमणको गराईने, तनहुँ तर्फका ऐतिहासिकस्थल सोतीबेसी, मिर्लुङकोट, सहिदहरुको गाउँ पुलीम¥याङ, क्यामिनकोट जस्ता रमणीयस्थलको अवलोकन तथा भ्रमण पनि गराईने आयोजकले जनाएको छ ।

 

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्