पातारासीमा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम «

पातारासीमा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम

जुम्ला –जुम्लामै पातारासी गाउँपालिकाको शैक्षिकस्तरमा कम छ । कर्णालीको साक्षर दर ७७ प्रतिशत हुदा पातारासीको साक्षर दर अहिले सम्म ४५ प्रतिशत मात्रै छ । भने ५५ प्रतिशत नागरिक अझै पूर्ण निरक्षर छन् । यहाका अधिकांश स्थानीय जडिबुटिमै निर्भर छन् । स्थानीय सरकार आएदेखि पातारासी गाउँपालिकाले शैक्षिक कार्यक्रमलाई प्रथामिकता दिँदै आएको छ ।
वर्षोदेखि जडिबुटि संकलनमा बालबालिका प्रयोग गर्दा पढाइ प्रभावित हुन्थ्यो, जसले गर्दा धेरै बालबालिकाको पढाइ बिचमै छुटेको छ । तर गाउँपालिकाले त्यसमा रोक लगाउने निर्णय गर्यो । प्रदेश सरकार भन्दा पहिला छोरी जन्मीए बैंक खाता कार्यक्रम शुरु गरेको थियो । पातारासीको शैक्षिक स्तरलाई माथि उकास्न विभिन्न कार्यक्रम ल्याउदै आएको पातारासी गाउँपालिकाले फेरि अर्को नयाँ शैक्षिक योजना सार्वजानिक गरेको छ ।
अब पातारासी क्षेत्रका विपन्न परिवारका छोराछोरी छात्रबृत्तिमा डाक्टर पढन पाउने भएका छन् । पातारासी गाउँपालिकाले उच्चशिक्षा अन्तरर्गतका विभिन्न विषयहरू छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबिबिएस स्तरको डाक्टर पढाउने प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढथापाले बताए ।
उनका अनुसार बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी फरेस्ट्री, कृषिलगायत स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनका लागि उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको छ । जुम्लाका आठ वटा स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले यस्तो उदाहरणीय कामको योजना तर्जुमा गरेका छौ ।
गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले भने,डाक्टर बन्ने सपना बुनेका विपन्न परिवारका छोराछोरी यस कार्यक्रमबाट ठुलो राहत पाउने छन् । कर्णालीकै सबैभन्दा शैक्षिकस्तर कम भएको पातारासीको साक्षरता दर ४५ प्रतिशतबाट
बढाउन गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको हो अध्यक्ष बोहोराले उल्लेख गरे ।
उनले भने, ‘यहाँ साक्षरता प्रतिशत कम र निरक्षर बढी भएकाले कुसंस्कार बढी हुने गर्छ । चेतना कम छ । जडिबुडिको क्षणिक आम्दानीमा लोभिएका छन् । यसकै रोकथाम गर्न पनि यस्ता खाले कार्यक्रम ल्याइएको हो ।
लोक सेवा तयारी कक्षा चलाईने
उच्च शिक्षा छात्रबृत्ति कार्यक्रम अन्तरर्गत पातारासी गाउँपालिका विभिन्न तयारी कक्षा संचालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृद्धिका लागि पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि ३ लाख बजेट गरी जम्मा ८ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनका अनुसार पातारासी क्षेत्रमा युवाहरूले
शाखा अधिकृत, नायब सुब्वा र खरिदारको पदको तयरी कक्षा गाउँपालिकाको छात्रबृत्तिमा गर्न पाउने छन् । गाउँपालिकाले निकै सहुलियतमा उच्च शिक्षा दिने योजना ल्याएको छ । बाहिर पढ्दा लाखौ खर्च गर्नुपर्ने भएपनि गाउँपालिकाले निशुल्क पढाउने छ । बर्सेनि आबश्यक बजेट यश कार्यक्रमका लागि छुटाएर साक्षरदर बढाउनुका साथै रोजगार पनि बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
उच्चशिक्षा छात्रवृत्ति अध्ययनका लागि गाउँपालिकाभरिका इच्छुक विद्यार्थीहरूबाट आवेदन संकलनको काम भइरहेको बुढ्थापाले जनाए । बिडिएसमा एक जना र अन्य गरी हाल सम्म १० जनाको आवेदन आएको छ । गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमको कार्यविधि नै बनाएर काम सुरु गरेको गरिसकेको छ ।
स्थानीय सरकारले थोरै बजेटमा पनि आम नागरिककमे मन जित्ने कार्यक्रम गर्न सक्छ भन्ने सफल उदाहरण दिएको पातारासीबाट अन्य स्थानिय तहले पनि अनुसरण गर्न सक्ने छन् । यस्ता खालका कार्यक्रमले स्थानीय सरकारको विश्सनियतालाई थप बलियो बनाउन मदत गर्ने छ ।
तिलाको सारक्षर पालिका योजना
पालिकाहरू बिच प्रतिष्प्रधाकै आधारमा विकास गर्ने योजना बनाउने क्रम चलिरहेदा पातारासी उच्चशिक्षा छात्रबृत्ति कार्यक्रम ल्याउदा तिला गाउँपालिकाले जुम्लामै पहिलो साक्षर पालिका बनाउने योजना अघि सारेको छ । गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार चालू आव भित्रै कर्णाली पहिलो स्थानीय तहका रुपमा तिलालाई साक्षर घोषणा गरिने छ । त्यसका लागि गाउँ गाउँमा साक्षर अभियान चलाईने तयारी छ ।
साक्षर कर्णाली घोषणा गर्ने प्रदेश सरकारको लक्ष्यलाई मध्यनजर गर्दै तिला सरकारले पनि शिक्षालाई प्रथामिकता दिएर काम गरिरहेको उपाध्यक्ष बिष्णुमाया बुढाले बताईन् । शिक्षाको विकास बिना समृदि सम्भव छैन् । चेतना नभए सम्म समाज अघि बढ्ने सम्भावना छैन् ।
त्यसैले पनि शिक्षमा लगानी बढाएर पहिलो साक्षर पालिका बनाउने लक्ष्यर अनुसार काम भैइरहेको छ । माग र आबश्यकतालाई मध्य नजर गरि तिलाले पनि छात्रबृत्तिका कार्यक्रम ल्याउने छ । सडकमा मात्रै स्थानीय सरकारले पैसा खन्याउनु भन्दा शिक्षा स्वास्थ्यका क्षेत्रमा लगानी गर्नु राम्रो हो ।
जिसस उपप्रमुख कार्मा बुढा भन्छन, अझै जुम्लाका स्थानिय तहहरूले माग आबश्यकता अनुसार काम गर्न नसकेको बताए । सडक बनाए सकिन्छ भन्ने प्रबृत्ति हटाउन उनको,सझाब छ । शिक्षालाई प्रथामिकता दिए विकास आफै हुन्छ भोलीको पुस्ता समाजको विकास गर्छ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्