नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं- नेपाल एसबिआई बैंक लि. ले सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
बैंकका मधेश प्रदेश प्रमुख, उदय पञ्जियार थारुले समुदायका पचास परिवार तथा बालबालिकाहरुलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।