Logo

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार संघीय संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा :- निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने, कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने, ‘जेन्जी’ पुस्तालाई लक्षित गरी ‘स्टार्टअप’ कार्यक्रम सुरु गरिने, सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गरिने, सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने, ‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’को विकास गरिने, स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने, सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने, खेलकुदको विकासमा निजी तथा सरकारको सहभागिता सुनिश्चितता गर्ने, सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरिने, ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ महसुलको बक्यौता असुल गरिने, तुइन विस्थापन गरी झलुङ्गे पुल निर्माण गरिने, युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने, गम्भीर प्रकृतिका रोगको उपचार स्वास्थ्य बिमाबाटै गरिने, दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामिलाका सबै मापदण्ड पूरा गर्ने, रुग्ण र समस्याग्रस्त आयोजनामा कटौती, नतिजा दिन नसक्ने संस्था खारेजलगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्