सडक विभागद्वारा कर्णालीमा ७७१.३६ किलोमिटर सडकमा कालोपत्रे

वीरेन्द्रनगर- कर्णालीका १० जिल्लामा संघ सरकारको मातहतमा रहेको सडक विभागले ७५ वटा साना, ठूला सडकको काम गरिरहेको छ । ठूला सडकदेखि मझौला खालका सडक कर्णालीमा सडक डिभिजन तथा योजना कार्यालयले निर्माण गरिरहेका छन् । दुई हजार २१८.२९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएकोमा हालसम्म ७७१.३६ किलोमिटर सडकमा कालोपत्रे भएको छ भने २६४ किलोमिटर ग्रावेलको काम भएको छ ।
त्यस्तै कच्ची सडक ६७६.५ किलोमिटर निर्माण भएको कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा १३.२४ किलोमिटर सडक निर्माण कार्य जारी छ । प्रदेशभरि ५४७.६४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ । मध्यपहाडी राजमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर, राप्ती लोकमार्गको कर्णालीको भागलगायतका साना ठूला सडकमा रहेका सबै टुक्रे योजनालाई जोडिएको छ ।
कर्णालीमा हालसम्म संघ सरकार रहेको सडक विभागले ७५ वटा सडकका योजनामा काम गरिरहेको छ । थाचर–शितल पकारी २१.९८ किलोमिटर, मुसीकोट चौरजहारी ३८.३५ किलोमिटर, चौरजहारी कुदु २.६६, जाजरकोटको कुदुदेखि थलहसम्म ५०.८६ किलोमिटर, थलह देखि बडावनसम्म १२.४६, वडावनदेखि सुयाडासम्म २२.१७, सुयाडा मनघाट ११.६४, मनघाट सेस्तडा ६.४८, बेस्तडा लेहरे १३.१७ किलोमिटर सडकमा काम भइरहेको छ ।
लोहरे दुईखम्बे ११.१८, दुईखम्बे नारायण दैलेख ०.५३, नारायण रावतकोट १६.१५, रावतकोट लैनचौर १३.३०, लैनचौर शाहीज्यूला ३३.१९, शाहीज्यूला बेलकोट २.२५, जलेखर्कदेखि बागचौर १२.१६ किलोमिटर सडकमा काम भइरहेको छ । त्यस्तै सितलपाटीदेखि सल्यान खलंगा बजारसम्म ९.८३, खलंगा बजारदेखि बालुवासंग्रहीसम्म ३०.९३, सुर्खेतको बोटेचौरदेखि धुलियाँविटसम्म ३८.९३, बडीचौरदेखि गुटुबजारसम्म ३१.६२ किलोमिटर सडकमा काम भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
गुटुबजारदेखि बिनीसम्म ६३.१० किलोमिटर, बिजेनेटादेखि काल्चेसम्मा २५.२०, काल्चेदेखि बोटेचौरसम्म १४.२७ किलोमिटर, राम्रीदेखि सितलबाटीसम्म ३७.३६ किलोमिटर सडकमा काम भएको छ । सितलपाटीदेखि पटेलेचौरसम्म ४६.६६, पटेलचौरबाट खौउलापाससम्म ७.८४, खौउलापासदेखि मुसिकोटसम्मा ३१.४० किलोमिटर, सल्यानको थारमार्रेदेखि रुकुम पश्चिमको चौरजहारीसम्म ४०.७५ किलोमिटर, चौरजहारीदेखि चौरजहारी बजारसम्म २.५४ किलोमिटर सडकमा काम भइरहेको छ ।
त्यस्तै संघ सरकारको मातहतमा रहेको सडक डिभिजन जुम्लाबाट करर्कार्ने बुरु भेडा सडकमा ७५.०६ किलोमिटर, बुरु भेडादेखि टोप्लासम्म १३.०३ किलोमिटर, टोप्ला कुडारी २२.८८, रिमना बजारदेखि बुलबुले ३४.५९ किलोमिटर, इमादेखि जुइनासम्म ४२.२८ किलोमिटर सडक निर्माण गरिएको छ ।
छिन्चुदेखि भेरी पुलसम्म १९.०४ किलोमिटर सडक, बोटेचौरदेखि रैकरसम्म ९.९४ किलोमिटर सडक, रैकरदेखि पुल बजारसम्म १५.०५ किलोमिटर सडक, पुलबजारदेखि जाजरकोटको छेडागाडसम्म २३.८८ किलोमिटर सडक, छेडागाडदेखि कालेगाउँसम्म ३६.९९, कालेगाउँ त्रिवेणीसम्म ६८.८१ किलोमिटर, त्रिवेणी दुनै ४०.४३, दुनै मरिम १२० किलोमिटर सडकमा समेत काम भइरहेको छ ।
हर्रेदेखि छिन्चुसम्म ११.७५, छिन्चुदेखि नेवारी खोलासम्म २५.४०, नेवारीखोलाबाट बांगेसिमलसम्म ६.९९, बार्गेसिमलदेखि बड्डीचौरसम्म २७.११ किलोमिटर सडक संघ सरकारकै मातहतमा रहेको छ । बडीचौरदेखि काकाखोला गाउँसम्मा १८.८९ किलोमिटर सडक रहेको छ । काकाखोला गाउँदेखि साइनासम्म ६३.२८ किलोमिटर सडक, बेलखेतदेखि तिलेपाटासम्म २.६१ किलोमिटर, तिलोपाटादेखि सिराडीसम्म १८, सिराडीदेखि खुलालुसम्म ४.१०, खुलालुदेखि पातलीवडीसम्म ३६ किलोमिटर रहेको छ ।
बोल्डिकदेखि धुलियासम्मा २० किलोमिटर सडक रहेको छ । धुलियादेखि सिमिकोटसम्मा ८५ किलोमिटर, सिमिकोट हिल्सासम्म ९५, तेलपानीदेखि बांगेसिमलसम्म २५ किलोमिटर सडक संघ सरकारकै मातहतमा रहेको छ । माथिल्लो डुगेश्वरदेखि पुराइनी ७.६२, पुरानीदेखि ताराघाटसम्म २५.३४ किलोमिटर, ताराघाटबाट महावुधामसम्म ३५.९२ किलोमिटर, महाबुधामबाट तलशेरासम्म २०.९७ किलोमिटर रहेको छ ।
सुर्खेतबाट गुरासे २३.५९ किलोमिटर सडक, गुरासे बेलघारी सडक ३२.५०, बेलघारी दुईखम्बे ९.६९ किलोमिटर सडक रहेको छ । दुईखम्बेदेखि पाल्ला कालिमाटी ५.३७, पाल्लो कालिमाटीदेखि वडारसम्म ३६.०४ किलोमिटर सडक संघ सरकारको मातहतमा रहेको छ । वडारीदेखि भैंसीगोठ ३८.५३, नाग्मादेखि बुलबुले ६५.६७, बुलबुले गमगढी २४.९७ किलोमिटर, गमगढीदेखि नाक्चेलाग्नासम्मा ८९.५८ किलोमिटर सडक रहेको छ ।
दैलेखको तल्लो डुगेश्वारदेखि घियाटिडुसम्म २२.७० किलोमिटर, छेगतरा बजारदेखि पातीमेलासम्म ५४.१२ किलोमिटर, खुलालुदेखि घोडेनासम्म २६.७७ किलोमिटर, घोडेनादेखि नाग्मासम्म ३९.७० किलोमिटर, नाग्मादेखि जुम्ला खलंगासम्म ३२.१८ किलोमिटर सडक रहेको छ । यी सडकभित्र रहेको ७१७.३६ किलोमिटर सडक पिच भएको सडक विभागबाट प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा बुझाएको विवरणमा उल्लेख गरिएको छ । कर्णालीमा ५४७.६४ किलोमिटर पिच गर्ने योजना रहेको छ ।
दुर्गम जिल्लामध्ये सबैभन्दा बढी जाजरकोटमा कालोपत्रे भएको पाइएको छ । हुम्लामा अहिलेसम्म कालोपत्रे नै भएको छैन । त्यस्तै डोल्पामा दुई किलोमिटर मात्र कालोपत्रे भएको छ । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी राजमार्ग लगायतमा बढी कालोपत्रे भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्यांकअनुुसार प्रदेशभर २८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडक छन् । प्रदेश राजमार्ग मात्रै १०३ वटा रहेका छन् भने प्रदेश सडक १७९ वटा रहेका छन् ।
प्रदेश राजमार्गको सञ्जाल दुई हजार ८७७.३६ किलोमिटर रहेको छ भने प्रदेश सडक सञ्जाल ३ हजार ८०.५१ किलोमिटर छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्म जम्मा २३० किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । यस्तै ७ सय किलोमिटर खण्डस्मिथ सडक र ३ हजार किलोमिटर कच्ची सडक खनिएको छ । यस्तै ४ दर्जनजति सडक पुल निर्माण भई कर्णाली प्रदेशका लाखौं जनता लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि २०८०/०८१ सम्म प्रदेशमा कुल तीन हजार ६३८.३७ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । तथ्यांकअनुसार ७९ वटा स्थानीय तह रहेको कर्णालीका ३ वटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन । यस्तै हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । ४६ स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक नै बनेको छ । सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, रुकुम पश्चिम, सल्यानका सडकमा कालोपत्रे बढी भएको छ ।