Logo

प्रधानमन्त्रीद्वारा कोशी लगानी सम्मेलनको उद्घाटन

विराटनगर- दुई दिनसम्म चल्ने कोशी लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताए । लगानीका लागि ऐन संशोधन गरेर सहज वातावरण बनाइएको भन्दै उनले लगानीको सम्भावना प्रचुर रहेको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संसोधन गरेको बताए ।

‘लगानी गर्न समयानुकूल वातावरण छ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ (आज) बिहीबारदेखि सुरु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्