जिफन्टले मनायो श्रमिक दिवस

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । काठमाडौं उपत्यका नगरपालिकाहरूको कमिटीहरूको उपस्थितिमा नेकपा एमाले निकट जिफन्टले मजदुरको हक(अधिकारका नारा लगाउँदै दिवस मनाएको हो ।
‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध प्रतिकार, श्रमिक महिलाहरुको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार’ लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका छन् । हरेक वर्ष मे १ तारिखका दिन नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । आजका दिन नेपालमा सार्वजनिक बिदा दिइएको छ ।