Logo

नेपाल बिजनेस समिटको पार्टनरमा फोन पे

काठमाडौं– फोनपेले नेपाल व्यवसायिक शिखर सम्मेलन २०२५ को दोस्रो संस्करणको लागि ‘इम्पावर्ड बाई’को रूपमा साझेदारी गर्ने भएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्स (एनसिसी) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई )को संयुक्त आयोजनामा आगामी जेठको तेस्रो हप्ता आयोजना हुने शिखर सम्मेलनमा फोन पेलेले यो साझेदारीमार्फत सहकार्य गरेको हो । सम्मेलनमा साझेदारीबारे फोनपेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी कार्यक्रममा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवरले विश्वास र असीमित सम्भावनाहरूका साथ डिजिटल भुक्तानीको भविष्यलाई पुन: परिभाषित गर्दै, स्टार्टअप, इनोभसन र सूचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रियस्तरमा आयोजना हुने यो सम्मेलनले सरकारको नीति निर्माणमा सहजीकरण र निजीक्षेत्रमैत्री वातावरण निमार्णमा सहयोग पुग्ने उनको भनाइ छ ।

त्यसैगरी नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई ) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष–सञ्चालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आइटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीसहित करिब ५ सयभन्दा बढीको सहभागिता रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्