Logo

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्राउ परेपछि नाराबाजी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले चौधरीलाई बुधबार कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । टिकापुर घटनाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच बुधबार प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ । चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् । चौधरीको रिहाइको माग गर्दै उनका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्