लुम्बिनी पुग्ने पर्यटक घटे «

लुम्बिनी पुग्ने पर्यटक घटे

रुपन्देही – सरकारले नेपाल भ्रमण वर्ष २०२०मा २० लाख बिदेशी पर्यटक नेपाल भित्रयाउने लक्ष्य राखेको भए पनि स्थलमार्ग भै सबैभन्दा बढी पर्यटक आउने भैरहवा नाकाबाट बिदेशी र भारतिय पर्यटक आगमन कम भएको छ । स्थलनाका हुदै प्राय बिदेशी र भारतिय पुग्ने बुद्ध जन्मस्थल लुम्बिनीमा पनि पर्यटक गत बर्षको जनवरी महिनाको तुलनामा २०२०को जनवरीमा पर्यटक घटेका छन् ।
स्थलमार्गको भैरहवानाका (बेलहिया)बाट गत बर्षको जनवरीमा १२ हजार ४ सय ५२ बिदेशी पर्यटक आएका थिए भने यो बर्षको जनवरीमा ११ हजार ७ सय ५९ बिदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनालले बताए ।
भारतिय पर्यटकहरूको तथ्यांक अध्यागमन कार्यालयमा अध्याबधिक नगरिने उनले जानकारी दिए ।
स्थलनाका हुदै आउने प्राय पर्यटकहरूको मुख्य गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनी भ्रमणमा आउने बिदेशी पर्यटक मात्र नभई , भारतिय र नेपाली पर्यटकहरू पनि गत बर्षको जनवरी महिनाको तुलनामा भ्रमण बर्षको पहिलो महिना जनवरीमा धेरै घटेका छन्। यो बर्षको जनवरीमा १३ हजार १ सय ७ बिदेशी लुम्बिनी पुगे । गत बर्ष यो संख्या १३ हजार ६ सय १९ थियो ।
त्यसै गरी गत बर्ष १९ हजार १ सय ६८ भारतिय लुम्बिनी आएकोमा यो जनवरीमा घटेर १३ हजार ९ सय ७८ पुगेको छ ।
लुम्बिनी पुग्ने नेपाली पर्यटक पनि अत्यधिक घटेका छन् । गत बर्ष जनवरीमा १ लाख १० हजार ३ सय नेपाली त्यहाँ गएकोमा यो बर्ष ६७ हजार ९ सय ४२ मात्रै लुम्बिनी पुगेका छन् ।
बिदेशी पर्यटकहरू स्थलमार्गका साथै केही त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल आएर यता आएको पाइयो । बिदेशी पर्यटकमा म्यान्मारका सबैभन्दा बढी ३९ सय ९८ पर्यटक आए । गत बर्ष भन्दा बर्मेलीहरू बढेका छन् ।
त्यसै गरी थाईल्याण्डबाट ३१ सय ६६ पर्यटक आएका छन् । गत बर्ष ३५ सय ३१ आएका थिए । थाईहरू घटेका छन् । त्यसै गरी चिनका २१ सय ८३ पर्यटक लुम्बिनी पुगे । गत बर्ष भन्दा बढेका छन् लुम्बिनी पुग्ने चिनियाहरू । त्यसै गरी भुटानीहरू ५२४ जना आए । भुटानीहरू पनि बढेका छन् । तर दक्षिण कोरीया, भियतनाम, जापान, कम्बोडिया लगायतका देशका पर्यटकहरू घटेका छन् ।
किन घटे लुम्बिनीमा पर्यटक
लुम्बिनी भ्रमणका लागी बिदेशी या स्वदेशीका लागी जनवरी महिना उपर्युक्त .(अफ सिजन) समय नमानिने पर्यटन ब्यबसायीहरू बताउछन् । तर अघिल्लो बर्षको तुलनामा सामान्य बढनु पर्नेमा उल्टै पर्यटक घटेकोमा ब्यासायी निरास छन् ।
भैरहवा देखि लुम्बिनी सम्म आउने सडक मार्गको अबस्था धेरै दयनिय रहेको कारण पर्यटक आगमनमा कमी आएको लुम्बिनी होटल संघका अध्यक्ष मिथुन मान श्रेष्ठ बताउछन् ।
बाटो समयमा निर्माण हुन नसक्दा पर्यटक आउन चाहेका छैनन, धुलोबाटोले पर्यटक आगमन रोकियो र अहिले फैलिरहेको कोरोना भाइरसका कारणले पनि लुम्बिनीमा बिदेशी पर्यटक घटेको उनको दाबी छ ।
पर्यटन बोर्ड र सरकारको ध्यान खाली चिन र युरोपमा मात्र प्रचार गर्ने रहेको तर भारतमा कम प्रचार हुदा त्यहा आउने बिदेशी पर्यटकलाई लुम्बिनी तान्न नसकिएको सिद्धार्थ होटल संघ नेपाल(सान)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी) बताउछन् । भारतमा पनि धेरै प्रचार गर्न सके त्यहा भ्रमणमा आउने पर्यटकलाई नेपाल भित्रयाउन भारतका पर्यटन कम्पनि सरोकारवाला संग छलफल लगायतका कार्यक्रम गर्नु पर्ने श्रेष्ठको भनाई छ। भारतिय गुणस्तर पर्यटकहरू समेत अहिले तान्न नसकेको भनाई छ ।
भारतिय पर्यटक घटनुको मुख्य कारण सरकारको नीति भएको सोट्टो नेपाल प्रदेश ५ का अध्यक्ष तथा नेपा ः ट्राभल्स भैरहवाका प्रबन्ध निर्देशक सञ्जय बजिमय बताउछन् । सिमानाकामा दुब्र्यबहार, भारतियलाई पर्यटकको रुपमा नहेरीनु, यातायात परमिट र भन्सा जाचपास एकै ठाउमा नहुनु, १ सय दरका भन्दा ठुला नोठ बोकेर नेपाल आएर पक्राउ गरी बिदेशी मुद्रा अपचलनको मुद्धा लगाईदिनु जस्ता कारणले गर्दा भारतिय पर्यटक घटेका हुन, श्रेष्ठले भने ।

 

प्रतिक्रिया दिनुहोस्