Logo

कारोबारकर्मी शर्मा सम्मानित

भैरहवा– कारोबार आर्थिक दैनिकका भैरहवास्थित संवाददाता मनोरञ्जन शर्मालाई मारवाडी सेवा संघ भैरहवाले सम्मान एवं सहयोग गरेको छ । संघको ३० औं वार्षिक साधारणसभामा शर्मालाई अध्यक्ष श्रवणकुमार बेरीवालले सम्मान गर्नुका साथै २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

कारोबार दैनिकको स्थापनाकाल देखिनै भैरहवा क्षेत्रबाट रिपोर्टींग गर्दै आएका शर्मा बिगत २० महिनादेखि क्यान्सरसँग लड्दै आएका छन् । उनको अहिले पनि किमोथेरापीमार्फत भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

उनी अहिले पनि क्यान्सरको उपचारमा रही निरन्तर पत्रकारिता गर्दै आएका छन् । शर्माको उपचारमा केही सहयोग हुने भन्दै संघले आर्थिक सहयोग गरेको अध्यक्ष बेरीवालले बताए । शर्माको उपचारमा अहिलेसम्म ५० लाख रुपैयाँ खर्च भइसकेको परीवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्