दिगो लगानीको लागि एनएमबी बैंकको पहल

काठमाडौं– एनएमबी बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरू आइएफसी, बिआइआई र मेट लाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रूपैयाँ अंकित हरित बण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य समेत लिएको छ । त्यसैगरी, यसले देशको ऊर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ । यस बण्ड जारी गरी प्राप्त हुने रकम विशेषत: सौर्य उर्जा लगायतका नवीकरणीय ऊर्जाहरू, विद्युतीय सवारी, हरित भवन तथा वायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।
उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयासमार्फत नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै, उनले एनएमबी बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।