१४ अंकले घटेको शेयर बजारमा ८ अर्ब ९१ करोड कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार सामान्य बढेको नेप्से परिसूचक सोमबार १४.५३ अंकले घटेर २ हजार ६ सय ४७.०७ विन्दुमा कायम भएको हो ।
आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार तीन सय २७ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ८ अर्ब ९१ करोडमा कारोबार भएको छ । सोमबार फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यस्तै, सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झण्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सोमबार नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।