घट्यो सुनचाँदीको मूल्य

काठमाडौं- सुनको मूल्य एक हजार ४ सय रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ । अन्तरराष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔँस तीन हजार ३ सय अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।