होटल म्यानेजमेन्ट कलेजका लागि महायज्ञबाटै ६ करोड संकलन «

होटल म्यानेजमेन्ट कलेजका लागि महायज्ञबाटै ६ करोड संकलन

नवलपुर-नवलपुरको मध्यवर्ती वहुमुखी क्याम्पस कावासोती १७ गोछडामा ९ दिनसम्म सञ्चालित धनधान्याञ्चल ज्ञान महायज्ञबाट करिव ६ करोड वरावरको दान रकम संकलन भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत माघ ११ गते देखि सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञ नगद, भूमी र अन्य दान गरी ६ करोड संकलन गर्दै आइतवार समापन भएको हो ।
मध्यवर्ती बहुमुखी क्यापसका लागि संघीय सांसद तिलक महतले ५१ लाख रकम प्रदान गर्ने घोषणा गरेका छन् । संसद विकास कोषको रकममध्यवाट चालू आर्थिक वर्षमा २० लाख र आगामि आर्थिक वर्षमा ३१ लाख गरि ५१ लाख प्रदान गर्ने सांसद तिलक महतले घोषणा गरे । त्यसैगरी समाजसेवी एवम् नेपाली काग्रेसका महासमिती सदस्य विष्णुकुमारी कार्कीले २१ लाख प्रदान गर्ने घोषणा गरेकी छन् । त्यसैगरी कावासोती नगरपालिकाले मध्यवर्ति वहुमुखी क्यापसको ४ कोठे भवन निर्माण गर्ने नगर प्रमुख चन्द्राकुमारी पुनले घोषणा गरेकी छन् । त्यसैगरी गण्डकी प्रदेश सासंद एवम् नेपाली काग्रेस नवलुर जिल्ला अध्यक्ष बिष्णुप्रसाद लामिछानेले ४ लाख प्रदान गर्ने घोषणा गरे भने कावासोती १७ ढेवरेनीटार निवासी खेमराज पौडेल वाट ३० लाख १ हजार १ सय ११ प्रदान गरे छ । कावासोती १७ गोछडा निवासी भूपतिमान श्रेष्ठले २७ लाख ५ हजार ५ सय ५५, कावासोती १७ गोछडा निवासी युक्तप्रसाद गौडेल सहित गौडेल परिवारले नगद १ लाख ३३ हजार १ सय ११ रुपौयाँ तथा कावासोती १७ निवासी प्रसराम थारुले ३ लाख २५ हजार १ सय ११ प्रदान गरे ।
कावासोती ३ निवासी समाजसेवि भोजराज दाहालले १ लाख ५१ हजार वरावरको अक्षकोष घोषणा गरे भने कावासोती १७ गोछडाटार निवासी रामकृष्ण ढुंगानाले १ लाख १ हजार १ सय ११, कावासतोती १७ गोछडा निवासी गिरीधारी महत्तोले १ लाख ५ हजार, कावासोती १७ वरौलिटार निवासी खडग वाहादुर गुरुङले ५१ हजार १ सय ५५, कावासोती १७ वरौलिटार निवासी धनबहादुर गुरुङले ५० हजार १ सय ५ प्रदान गरेको धनधान्याञ्चल मूल आयोजक समितिका संयोजक पुष्परत्न महत्तोले जानकारी दिए । यसअघि धनधान्याञ्चलमा कावासोती १७ निवासी भीमकुमारी महत्तोको परीवारले ४२ लाख ५ हजार ५ सय ५५, कावासोती नगरपालिका १७ गोछडा निवासी रेवनाथ ढुंगाना र सीता ढुंगानाले २५ लाख ११ हजार १ सय ११ , मध्यविन्दु नगरपालिका ३ निवासी धन वहादुर कुमालको परिवारले २५ लाख ३४ हजार १ सय ५ , कावासोती १७ गोछडाका नन्दकिशोर आचार्यले नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए ।
सरस्वती माध्यमिक विधालय गोछडाको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो । धनधान्याञ्चल ज्ञान महायज्ञको समान कार्यक्रम पूर्व सञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीले प्रवचन गरेका थिए ।

 गंगा बिश्वकर्मा

प्रतिक्रिया दिनुहोस्