बेलहियामा कोरोना हेल्थ डेस्क, चिनियाँहरु निगरानीमा «

बेलहियामा कोरोना हेल्थ डेस्क, चिनियाँहरु निगरानीमा

रुपन्देही-नेपाल भारत सीमाको सबैभन्दा ठूलो स्थलमार्ग भैरहवाको बेलहियामा कोरोना भाइरस नियन्त्रणका लागि स्थापना गरिएको कोरोना हेल्थ डेस्कले चिनियाँ नागरिकहरूलाई उच्च निगरानीमा राखेको छ । चिनबाट फैलिएको यो रोगको संक्रमण सबैभन्दा बढी चिनिया नागरीक र मृत्यु पनि त्यही भएकाले चिनियाहरूलाई उच्च निगरानीमा राखीएको हो । भारत हुदै स्थलमार्गको यो नाका बाट चिनिया पर्यटक नेपाल भ्रमणका लागी आउने गर्छन् ।
बेलहिया नाका हुँदै सन् २०१८ मा ५ हजार २५ जना र सन् २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ पर्यटक आएका थिए । यस वर्ष जनवरी २८ सम्म ५ सय ४७ जना चिनियाँ यस नाकाबाट भित्रिएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनालले बताए ।
अध्यागमन मा प्रबेशाज्ञाका लागी आउने पर्यटकहरू मध्ये चिनियालाई अनिबार्य रुपमा हेल्थ डेस्कमा पठाउने गरेको र अन्य बिदेशी पर्यटकहरू जस्लाई जरो आएको, रुगा खोकी देखिएको छ भने तिनिहरूलाई पनि नजिकैको कोरोना हेल्थ डेस्कमा पठाउछौ, अध्यागमन प्रमख खनालले भने ।
डेस्कमा नेपाल भित्रिने पर्यटकहरूको स्वास्थ्य परिक्षण हुने गरेको बताईएको छ । रुघा, खोकी, ज्वरो लगायत लक्षण देखिएका पर्यटकहरू नाकामा स्वास्थ्य परिक्षण गरिने र शंकास्पद लागेको अवस्थामा अस्पतालमा लगेर र्याल नमुना संकलन गरी परिक्षणको लागि राष्ट्रिय प्रयोगशालामा पठाउने ‘हेल्थ डेस्क’ की इन्चार्ज उमा थापाले बताइए पनि धेरै प्राय पर्यटकहरू भने हेल्थ डेस्कमा नछिर्ने गरेको पाईयो । शनिबार बिहान २ बस बर्माका पर्यटकहरू आएका थिए, उनिहरू हेल्थ डेस्क नछिरी अध्यागमन कार्यालय गएको देखियो । उनिहरू अधिकांशले मास्कको प्रयोग भने गरेका थिए ।
हेल्थ डेस्कबाट काम सुरु
छिमेकी मुलुक चीनमा नोवेल कोरोना भाइरसको महामारी फैलिएपछि स्थलमार्गको महत्वपुर्ण नाका बेलहियामा हेल्थ डेस्क स्थापना गरी बिहिबारबाट काम सुरु भएको छ । पहिलो दिननै २ चिनिया नागरिकको त्यहा स्वास्थय परिक्षण भएको थियो । अध्यागमन कार्यालय छेउ, पर्यटन सूचना केन्द्र परिसरमा हेल्थ डेस्क स्थापना भएको हो । स्वास्थ्य कार्यालय रुपन्देही लगायत अन्य सरकारी कार्यालयको समन्वयमा सिद्धार्थनगर नगरपालिकाले सीमामा चिकित्सक सहितको टोली रहेको ‘हेल्थ डेस्क’ स्थापना गरेको नगरप्रमुख हरी अधिकारीले बताए ।
त्रिभुबन बिमानस्थल पछि सबैभन्दा बढी बिदेशी पर्यटक यही नाका हुदै नेपाल भित्रन्छन् । अत्यधिक भारतिय पर्यटक पनि यो नाका हुदै आउछन् । चिनिया पर्यटक समेत यो नाका हुदै प्रबेश गर्छन् ।
नाकाको हेल्थ डेस्कमा अन्य देशका भन्दा चिनिया पर्यटक लाई विशेष निगरानीमा राखिएको छ । यद्यपी यो नाका हाट बढी पर्यटक आउने देश थाईल्याण्ड, दक्षिण कोरीया, भियतनाम,अष्ट्रेलियामा पनि यो रोगको सक्रमण पाईएको छ । फेब्रुअरी १ तारीख सम्म बिश्वका २७ देशमा यो कोरोना रोगको संक्रमण पुगेको छ भने १२ हजार २४ जनामा यो रोग देखिएको छ । अहिले सम्म २ सय ५९ जनाको मृत्यु यो संक्रमणका कारणले भैसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्