Logo

हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

काठमाडौं- हिमालयन बैंक लिमिटेडले बत्तीसपुतली शाखालाई नयाँ स्थानमा सारेर आइतबार सेवा सुरु गरेको छ । बैंकले बत्तीसपुतलीस्थित साविक भवनरस्थानबाट स्थानान्तरण गरी वडा नं ९ को राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट सेवा प्रदान गर्ने गरी शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी नयाँ स्थानबाट औपचारिक रूपमा शाखा सञ्चालन गरिएको बैंकले जनाएको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपस्थितिमा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्