सांसद राईलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शनिबार पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो ।
उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी फरार थिइन् । राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।