Logo

शिक्षक र प्रहरीबीच झडप हुँदा केही घाइते

काठमाडौं– आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

उक्त झडपमा परि केही घाइते भएका छन् । शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । यस्तै केही प्रहरीको लाठी चार्जबाट केही शिक्षकहरू घाइते भएका छन् । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यसैबीच प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंङले दिउँसो ३ बजेका लागि आकस्मिक बैठक आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्