Logo

शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रियसभाको पहिलो बैठक

काठमाडौं- राष्ट्रिय सभाको १८औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाए ।

लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका ज्ञात-अज्ञात शहीदहरुप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गरे । साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।

शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गर्‍यो । बैठकले दिवंगत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवंगत बोहराप्रति सभाका सदस्यहरुले १ मिनेट उठेर मौन धारण गरे । राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार बस्ने गरी अध्यक्ष दाहालले शुक्रबारको बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्