Logo

पियोर इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं– पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिहीबार गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीका अनुसार आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो । कम्पनीले चैत २८ देखि वैशाख २ सम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्