Logo

नवनिर्वाचित मोबाइल वितरक संघ पदाधिकारीको स्वागत

काठमाडौं– मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए)ले नेपाल मोबाइल वितरक संघ (एनएमडीए)को नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइसहित सम्मान गरेको छ । एमपीआईए अध्यक्ष दीपककुमार मल्होत्राले एनएमडीएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीसहित सम्पूर्ण कार्यसमिति सदस्यलाई बधाइसहित कार्यकाल सफलताको शुभकामना दिए ।

दुई कार्यकालसम्म एनएमडीएको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी कार्यान्वयनमा एमपीआईए, एनएमडीए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबीए)बीचको सहकार्य थप सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे ।

एमपीआईएका उपाध्यक्ष सञ्जय अग्रवालले मोबाइल क्षेत्रमा विद्यमान असुरक्षित उधारो कारोबारलाई नियन्त्रणमा ल्याउन र अवैध मोबाइल आयात रोक्नुपर्नेमा जोड दिए । कार्यक्रममा एनएमडीएका नवनिर्वाचित अध्यक्ष त्रिपाठीले एमपीआईए र एनएमडीएबीच आगामी दिनमा अझ सुदृढ समन्वयका साथ मोबाइल व्यवसायको प्रवर्द्धन र व्यावसायिक शुद्धता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्