Logo

घट्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य एक हजार रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक लाख ८९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्