नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण

काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए । पन्त एमालेका समानुपातिक सांसद हुन् । यसअघि गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।