Logo

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर २ हजार ६ सय ५८.०२ विन्दुमा कायम भएको छ ।

बुधबार ७ अर्ब ५७ करोडको कारोबार भएको शेयर बजारमा बिहीबार ३ सय ८ वटा कम्पनीका १ करोड ९७ लाख कित्ता शेयर ७ अर्ब ८७ करोडमा कारोबार भएको छ ।

बिहीबार विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ ।

बिहीबार नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार सामान्य बढेको दिन बिहीबार नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्