बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
सुनको मूल्य बिहीबार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य ४५ रुपैयाँले बढेर तोलाको दुई हजार १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।