कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

काठमाडौं– कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो ।
परीक्षा जेठ २ गतेसम्म चल्ने छ । यसअघि यही वैशाख ११ गतेदेखि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको हो । काठमाडौंमा चलिरहेको शिक्षक आन्दोलनका कारण बोर्डले पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेको थियो ।

