Logo

नेप्से परिसूचक उच्च अंकले घटेसँगै कारोबार रकममा पनि कमी

काठमाडौं- साताको पहिलो दिनदेखि लगातार घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक बुधबार थप ३२.३८ अंकले घटेर २ हजार ६ सय ५५.९४ विन्दुमा कायम भएको हो । मंगलबार ८ अर्ब ३२ करोडको कारोबार भएकोमा बुधबार भने ७ अर्ब ५७ करोडको काराेबार भएको छ ।

२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । अधिकांश सेक्टर १ प्रतिशतभन्दा धेरै घटेका छन् । बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल रहेका छन् ।

बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटेका छन् । उत्पादन समूह १ अंकमुनि रहे । दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राधि विद्युतको ४.३३, र विन्ध्यबासिनी हाइड्रोपावरको २.७० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्