पर्यटकीय क्षेत्रसँग गाँसिएको भ्रमण वर्ष «

पर्यटकीय क्षेत्रसँग गाँसिएको भ्रमण वर्ष

नेपाल भ्रमण वर्ष–२०२० केही साताअघि मात्रै मुलुकले भव्यताका साथ काठमाडौँको दशरथ रङ्गशालामा उद्घाटन समारोह गरेको थियो । सो अवसरमा राज्यले मुलुकमा २० लाख पर्यटक भिœयाउने लक्ष्यसमेत राखेको छ । यो हामी सबैका लागि अत्यन्तै खुसीको कुरा पनि हो । विदेशी पाहुनाको आगमनले मुलुकको अर्थतन्त्र सुधार हुुनुका साथै आत्मीय मेलमिलाप, भाइचारा सम्बन्धसमेत कायम हुने गर्छ । यसले त्रिपक्षीय मुलुकसँग व्यापार सम्झौता (पारहवन) मा समेत टेवा पुग्ने देखिन्छ ।
मुलुकको अर्थतन्त्र सुधारको मेरुदण्ड भनेकै पर्यटन व्यवसाय पनि हो । जुन ठाउँमा अत्यधिक मात्रमा पर्यटकको आगमन हुन्छ त्यस ठाउँको पर्यटकीय वातावरण, व्यवसाय पनि आर्थिक रूपमा सम्पन्न हुन्छ भने यो वर्ष नै पर्यटकीय क्षेत्रहरूसँग गाँसिएको छ भ्रमण वर्ष । जहाँ पर्यटकीय आगमनका लागि सरल र सुरक्षित वातावरण निर्माण हुन्छ त्यस ठाउँमा अत्यधिक पर्यटकको आगमन हुन्छ । राज्यले आन्तरिक र बाह्य पर्यटक पाहुनाका लागि उचित सुरक्षाको व्यवस्था गरेको छ भने स्वदेश फिर्ता नहुन्जेलसम्म व्यावसायिक कम्पनीहरूले पर्यटक पाहुनाको लागि खान बस्न तथा मनोरञ्जनलगायत भ्रमणमा सवारी साधनको समेत उचित प्रबन्ध गरेको छ । र, त्यस ठाउँमा अत्यधिक मात्रामा पर्यटकको आगमन हुन्छ ।
अहिले पर्यटन भ्रमण वर्ष चलिरहँदा पनि हाम्रो देशको जति पनि पर्यटकीय क्षेत्रहरू छन्, तिनीहरूसँग स्वदेशी तथा विदेशी पर्यटक पाहुनाको आत्मीयता गाँसिएको छ । त्यहाँ सरकारले पर्यटक आगमनलाई सहज होस् भनेर विभिन्न ठाउँमा सुरक्षाको प्रबन्ध मिलाएको छ । विशेष गरी पर्यटकहरू मुलुकको प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न मात्र नभई मनोरञ्जन गर्न, नेपालको प्राकृतिक सौन्दर्यको विषयमा समेत ज्ञान हासिल गर्न नेपाल भ्रमणमा रहँदा ज्ञान हासिल गरेका अनुभवहरूसमेत विदेशमा चर्चा परिचर्चा गर्ने हुन्छन् । यसले गर्दा मुलुकको नामसमेत अझ विश्वमाझ परिचित हुन टेवा पुग्छ ।
मुलुकमा यस्ता ठाउँहरू पनि छन्, जुन प्राकृतिक रूपमा साहै्र मनमोहक, स्वर्गको टुक्राजस्ता ठाउँहरू जहाँ पुग्न पैदल यात्राको सहायता, त्यो पनि दुई–चार दिनको पैदल यात्रा । जस्तै रारा ताल, शे फोेक्सुन्डो ताल, विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल, संसारकै अग्लो शिखर सगरमाथालगायत आसपासका हिम श्रृंखलाहरू, जहाँ सोलुखुम्बुको नाम्चे बजारबाट पनि दुई–चार दिनको पैदल यात्रापछि सो ठाउँ पुग्न सकिन्छ । मनाङ, मुस्ताङ पनि टाढा नै पर्छ । यस्ता ठाउँहरूमा पनि आन्तरिक वा बाह्य पर्यटकहरूका लागि पथप्रदशकका लागि उचित प्रबन्ध गर्नु जरुरी छ भने ट्रेकिङमा जाने पर्यटकहरूका लागि पनि सुरक्षा नीति अपनाउनु उत्तिकै जरुरी हुन्छ । जहाँ पर्यटक अत्यधिक आउने गर्छन् त्यस्तो ठाउँमा पनि पर्यटन व्यवसायीहरूले कसरी हुन्छ सरल तरिकाले अवलोकन गर्ने वातावरण, मनोरञ्जनलगायतका सेवाहरूमा विशेष ध्यान दिनुपर्छ ।
हाम्रो देशभित्र अनगिन्ती धार्मिक तथा ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाहरू छन् तिनीहरूको उचित संरक्षण तथा पुनर्निर्माण र पर्यटक प्रवद्र्धनका लागि पनि उचित वातावरण सिर्जना गरी त्यस ठाउँमा स्थानीय निकायले पनि प्रचारप्रसार तथा पर्यटक आगमनका लागि उचित प्रवद्र्धन गर्नु उपयुक्त हुन्छ ।
यो वर्ष पर्यटन भ्रमण वर्ष चलिरहँदा जति पनि पर्यटन क्षेत्र छन्; प्राकृतिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक, महत्व बोकेका स्थानहरू छन्, तिनीहरूसँग पर्यटकहरूको आत्मीयतासँगै प्राकृतिक प्रेमी सम्बन्धसमेत गाँसिएको हुन्छ । त्यसैले पर्यटन भ्रमण वर्ष–२०२० सफल बनाउन तपाईं–हामी सबैले हातेमालो गर्दै आआफ्नो ठाउँबाट पर्यटकीय व्यवसायलाई, पर्यटकीय ठाउँहरूलाई हराभरा, स्वच्छ, मनोरम, सुन्दर पर्यावरणीय वातावरण सिर्जना गर्नु जरुरी हुन्छ । पर्यटकीय क्षेत्रसँग पर्यटन भ्रमण वर्ष गाँसिएको हुनाले यो भ्रमण वर्ष मुलुकको अर्थ उत्पादनको मेरुदण्डसमेत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्