गभर्नर सिफारिस समितिका सदस्य भट्टराईले राजीनामा दिए

काठमाडौं– गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले सदस्य पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएसँगै गभर्नर नियुक्ति प्रक्रिया थप विवादित र पेचिलो बनेको छ ।
सरकारले गत चैत ११ मा गभर्नर सिफारिसका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर भट्टराई सम्मिलित समिति गठन गरेको थियो । तर, समिति बनेको एक महिना बित्दासम्म एक पटक पनि बैठक बस्न सकेन । समितिका संयोजक एवम् अर्थमन्त्री विष्णु पौडेल समितिको बैठक बोलाउन नसक्दा समिति पंगु बनेको छ ।