Logo

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेर २ हजार ६ सय ८८.३२ विन्दुमा झरेको हो ।

सोमबार ८ अर्ब ७७ करोडको कारोबार भएकोमा मंगलबार ३ सय १९ वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर ८ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, लगानी र व्यापार समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

मंगलबार कर्पोरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मंगलबार नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्