एकैदिन ६ हजार ९ सय बढ्यो
दुई लाख नजिक पुग्याे सुनको मूल्य

काठमाडौं- सुनको मूल्य एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको हाे । मंगलबार एक तोला सुनको मूल्य एक लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा मंगलबारप्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।