आरबीबी मर्चेन्टले १ अर्ब ६० करोडको प्रथमिक सेयर निष्कासन गर्ने «

आरबीबी मर्चेन्टले १ अर्ब ६० करोडको प्रथमिक सेयर निष्कासन गर्ने

आरविविमर्चेन्ट बैंकिङको ५ औं वार्षिकोत्सव समारोह नेपाल धितोपत्रबोर्डका कार्यकारी निर्देशक निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्जका प्रमुखकार्यकारी अधिकृत चन्द्रसिंह साउदको विशिष्ठ आथित्यतामाबुधबार सम्पन्न भएको छ । समारोहमा धितोपत्रबोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङलाई ५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँनै यस क्षेत्रमा हुँदै आएका कामकारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनका लागि कार्य भइरहेको तथा लगानीमैत्री वातावरण सिर्जन गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराए । उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सोसम्बन्धी कार्य विधितयार बनाउनसमेत पहल गर्नुपर्ने बताए ।
समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नका लागि अनलाइन प्रणाली लागू भैसकेको तथाबजारमा सूचीकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटाबेस तयार भइरहेको कुरा जानकारी गराए । यस्तै, मर्चेन्टका प्रमुख कार्यकारी बद्रीप्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बिमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैयाँबराबरको प्रथमिक सेयर सर्वसाधारण समूहलाई निष्कासन गर्नको लागि आरबीबीमर्चेन्ट बैंकिङसँग सम्झौता भएबमोजिम उत्तनिष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्नकम्पनीहरुसँग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्