Logo

आईएमई लाइफको ‘सरल सावाधिक सद्भावना दुत’ मा सुशिला रोका

काठमाडौं- आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई ”सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ ।

रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरी ”सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल भएकी हुन् । यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भइ काम गर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरीय सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्